दासढुंगाको आकृति देखेर राष्ट्रपति भावुक

bidhya
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा ११ स्थित सहिद स्मारकमा शनिबार एउटै ढुंगामा कुँदिएको १२ सहिदको स्तम्भमा माल्यार्पण गरेपछि पर्यटकीय झोलुंगे पुल उद्‍घाटन गरिन् ।

सहिद दिवसको सन्दर्भमा हेटौंडा आएकी भण्डारीले त्यसपछि घुमेर मूल बाटो हुँदै एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम थियो ।

राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई स्वास्थ्यको कारण भन्दै झोलुंगेपुलबाट नजान सुझाव दिएका थिए । तर, उनी निर्धारित कार्यक्रम तालिकालाई पछ्याउँदै भाmेलुंगे पुलबाटै अघि बढिन् । करिब १० मिनेट लगाएर ६५ मिटर लामो झोलुंगे पुल पार गरेपछि पति मदनको सालिकमा पुष्पगुच्छा चढाउँदै जब सालिक स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले दुर्घटनामा परी मदनको मृत्यु भएको चितवन दासढुंगाको आकृति देखाए, उनी भावुक बनिन् ।

होहल्लाबीच एकछिन वातावरण सुनसान बन्यो । अनुहार मलीन बनाएर पौडेलका कुरा सुनिरहेकी भण्डारीले मदनको सालिक भएको स्थानमा करिब ३ मिनेट बिताइन् ।