डेनमार्कमा फेब्रुअरीमा सांगीतिक कार्यक्रम हुने

डेनमार्क- नेपाल समाज डेनमार्कको आयोजनामा आगामी फागुनमा सांगीतिक कार्यक्रम हुने भएको छ ।12633053_969095279851328_82232032_o[1]

नेपालका चर्चित गायक गायिकाहरु सांगीतिक कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रममा कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौलालगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक माया सुवेदीले जानकारी दिइन् ।

नेपाली समाज डेनमार्ककै आयोजनामा यसअघि पनि अभिनेता राजेश हमाल, गायक हिमाल सागर, हास्य अभिनेता जितु नेपालसहितको टोलीले यूरोप भ्रमण गरेको थियो ।

नेपाली समाज डेनमार्कले यसअघि सिन्धुपाल्चोकमा विद्यालय निर्माण अभियान सुरु गरेको थियो । विद्यालय निर्माणका लागि १३ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणको काम चैतदेखि सुरु हुने समाजका अध्यक्ष इन्द्र सापकोटाले जानकारी दिए