गायक कार्कीले लन्डनमा मनाए जन्मदिन

शिव भण्डारी

लन्डन । दुई महिना यता बेलायतका विभिन्न शहरमा शो गर्दै आएका वरिष्ठ गायक आनन्द कार्की शुक्रवार सांझ एउटा भिन्न माहोलमा भेटिए । उनका शुभचिन्तक, मिठास गायन र नाचगान त हरेक शोमा भएकै हो तर शुक्रवारको शोमा भने उनलाई फ्यानहरुले सरप्राइज प्याकेज दिए । त्यो के भने, उनको जन्मदिनको बग्रेल्ती शुभकामना, केही थान उपहार र केक । कार्यक्रमले बिट मार्न लाग्दा शुभचिन्तकहरुले उनीबाट माइक लिएर भन्न थालिहाले ह्याप्पी वर्थ डे टु यू डियर आनन्द ।12570909_1010669995659389_347327047_n[1]

मख्ख देखिएका आनन्द कार्कीले धन्यवाद भने । माहोल संगीतमय भयो, शुभचिन्तकहरुले केक खुवाए, तस्विर खिचाए ।
सार्है खुशी छु आज, कार्की भन्दै थिए, शुभचिन्तकहरुको साथ नै मेरो सम्पत्ति हो । मेरो बेलायत भ्रमण धेरै अर्थमा अविष्मरणीय रह्यो ।12625992_1010669455659443_182115744_n[1]

अल्पटनस्थित मम हाउस नामक रेष्टुरेन्टले द बोट पवमा कार्यक्रम गरेको हो । कार्यक्रमका अवसरमा कार्कीले पुराना नयां गीत गाएर मन्त्रमुग्ध पारे । रेष्टुरेन्टका सञ्चालक नरेश शर्माले कार्कीसहित सहभागी सबैलाई आभार व्यक्त गरेका छन् ।

कार्यक्रम स्थल पुगेका सुरज पौडेलले त्यो क्षणलाई क्यामेरामा यसरी कैद गरेका छन् ।12625595_1010670205659368_49927357_n[1]12571029_1010668232326232_1788159712_n[1]12583673_1010668382326217_517382646_n[1]12625693_1010669118992810_1241737792_n[1]12626146_1010669555659433_688942651_n[1]12584125_1010669832326072_527692593_n[1]12620697_1010668168992905_728687190_o[1]