दुर्घटनाग्रस्त एअर एसियाको विमानलाई उडान भर्ने अनुमति थिएन

एअर एसियाको दुर्घटनाग्रस्त विमान क्यूजेड ८५०१ लाई उक्त दिन उडान भर्ने अनुमति नै नभएको बीबीसीले जनाएको छ । अर्को उडानका लागि चार दिनपछि मात्र अनुमति रहेको बताइएको छ । उता इण्डोनेशियाका उड्ययन मन्त्रीले सुराबायाबाट सिंगापुर उडान भर्ने एअर एसियाका सबै विमानलाई निलम्बित गरिदिएका छन् । आइतवार १६२ यात्रीलाई बोकेर क्यूजेड ८५०१ विमान पनि सुराबायाबाटै सिंगापुर उड्दै गर्दा जाभा समुद्रमा खसेर दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म समुद्रबाट ३० वटा शव निकालिएको बीबीसीले जनाएको छ । शवको खोजी जारी छ ।