किशोर किशोरीका लागि पत्रकारीता तालिम

गुल्मी १९ पौष । गुल्मी अर्खावाङ्गकी लक्ष्मी अर्यालका आम मानिसको अगाडी उभिएर बोल्दा थरथरी खुट्टा काप्थे । डर र लाजका कारण उनी जस्ती भर्खरकी किशोरी पनि राती न पिरी हुन्थिन् । तर सदरमुकाम तम्घासमा साईबर वल्ड कम्प्युटर सेन्टर गुल्मीले सञ्चालन गरेको एक हप्ते आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालीमले उनी जस्ता धेरैको आत्मबल बढाएको छ । अर्यालले भनिन् ः“मैले यो तालिम लिएर रेडियोमा बोल्नु पर्छ भन्ने नै छैन,हिजो सम्म यसरी बोल्न सक्दिनथे अहिले ढुक्क भएर बोल्दै छु ।”
पत्रकारिताका आधारभूत बिषय बस्तु, रेडियो उद्घोषण, स्टेज उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिइएको तालिमले २० जना किशोर किशोरीलाई निर्धक्क भएर अगाडी उभिन सक्ने बनाएको हो । तालिमकै अर्की सहभागी अमृत गौतमले पत्रकारीताका बारेमा जान्ने बुझ्ने र सिक्ने रहर पुरा भएको बताईन् । उनले कुनैपनि क्षेत्रमा काम गर्दा काम लाग्ने कुराको बारेमा सिक्न पाएकोमा खुसी व्यक्त गरिन । गौतमले ः “ मलाई एकदमै जान्ने इच्छा थियो,भगवानले मेरो चाहना पुरा गरेकोमा खुसी छु ।”
गुल्मी,अर्घाखाँची र बाग्लुङ्ग जिल्लाका सहभागी रहेको तालिमले आफुहरुको आत्मविश्वास बढाएको बताए । तालिममा सिकेको कुराहरु सकेसम्म जहाँ जे काम गरिन्छ त्यसकै लागि प्रयोग गर्ने उनिहरुले प्रतिबद्धता समेत व्यक्त गरे । तालिम समापनका अवसरमा बोल्दैँ कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले अझैपनि पत्रकारीता क्षेत्रमा युवाहरुको आर्कषण देखेर खुसी लागेको बताए । उनले तालिमका कारण पत्रकारीता क्षेत्रलाई बुझ्ने श्रोता,दर्शक र पाठकको बृद्धी भएको बताए । सोही समारोहकी विषेश अतिथि तथा तालिमकी प्रशिक्षक प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य गगनशिला खड्काले चुनौतिहरु पत्रकारीतामा मात्र नभई अन्य क्षेत्रमा पनि रहेको बताईन् । उनले तालिममा सिकेका विषयबस्तुहरु जुन ठाउँ र अवस्थामा पनि काम लाग्ने भएकाले त्यसको सहि सदुपयोग गर्न सहभागीलाई सुझाब दिईन् । खड्काले पत्रकारितामा सङघर्ष र चुनौति जति छन् त्यो भन्दा बढी अवसर भएको बताईन् । तालिमको संयोजन साइवर वल्र्ड कम्प्युटर सेन्टरका प्रमुख अशोक गैरे र पत्रकार टोपलाल अर्यालले गरेका थिए भने नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्षहरु घनश्याम गौतम, जर्नादन घिमिरे र कार्यक्रम उत्पादक महेन्द्र भण्डारीले लगायतले सहजीकरण गरेका थिए ।