नेपाल सन्देश डटकमले जनाय अनुसार बलिउड अभिनेता सलमान खानलाई नचिन्ने कमैमात्र नेपाली होलान् । कतिपय उनका यस्ता फ्यान छन् जो सलमानको नयाँ फिल्म आउनेवित्तिकै हलमा पुगिहाल्छन् ।
पटक पटक चर्चा र विवादमा आइरहने यी नायकले नेपाल र नेपालीले ठूलो संकटको सामना गरिरहेका बेला त्यसमा नुन दल्ने काम गरेका छन् । कतिपय बलिउड कलाकारले नेपालको विपत्तिमा आफूहरु साथ रहेको बताएका थिए ।
यस्तै बेलायती नायिका जोआना लुम्लेले त भूकम्प पीडितलाई अहिले रकम संकलन अभियान चलाइरहेकी छन् । उनले अहिले सम्म ३ अर्बभन्दा बढी राहत उठाइसकेकी छन् ।
यस्तो अवस्थामा भारतीय अभिनेता सलमान खानले भने आफूले नेपालीलाई कुनै सहयोग नगर्ने जनाएका छन् । आफ्नो एनजीओ भारतका लागि भएको भन्दै उनले नेपाललाई सहयोग नगर्नें जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले नेपालीलाई आर्थिक सहयोग गर्न लागेको भन्ने समाचारको खण्डन गर्दै त्यसमा कुनै सत्यता नरहेको र उनको संस्थाले भूकम्पपीडितलाई सहयोग गरेको समचार झुटो भएको बताएका हुन् ।







