शिब भण्डारी,
लन्डन, बेलायती राजकुमार विलियम आफ्नी पत्नी केटले छोरीे जन्माउनुअघि लण्डनस्थित नेपाली दूतावासमा उपस्थित भएका थिए ।
उनले नेपालमा गएको प्रलयकारी भूकम्पका विषयमा चिन्ता व्यक्त गरे । उनले नेपाली दूतावासमा लेखेका छन्, ‘ज्यान गुमाएकाप्रति मेरो हार्दिक समवेदना र भूकम्प प्रभावितहरुमा मेरो प्रार्थना ।’
उनले नेपालमा गएको भूकम्पका विषयमा आफ्नो टिप्पणी सार्वजनिक गरेपछि केही घण्टापछि नै श्रीमती केटले दोस्रो बच्चाका रुपमा छोरीलाई जन्म दिएकी छिन् ।
राजकुमार विलियम बेलायतको गद्धीका लागि रानी ऐलिजावेथ र उनका बाबु चाल्र्सपछिका उत्तराधिकारी हुन् । बेलायत सरकारले नेपालमा गएको भूकम्प पीडितका लागि नगद, राहत सामाग्री तथा उद्धारका क्रममा सैन्य सहयोग गरेको छ ।
यसबाहेक बेलायती जनताहरुले स्वतस्र्फूत रुपमा भूकम्प पीडितका लागि सहयोग रकम संकलन गरिरहेका छन् । अभिनेत्री जोन्ना लुम्ले, फुटबलर डेभिड बेकह्याम तथा वायनी रुनी लगायतका सेलिब्रेटीहरुले सहयोगका लागि अपिल गरेका छन् |
गर्भवति पत्नी छाडेर नेपाली दूतावासमा किन आय बेलायती राजकुमार ?







![Prince-william[1]](http://londonnepalnews.com/wp-content/uploads/2015/05/Prince-william1-300x253.jpg)