गुल्मी जिल्ला समाज यूकेले एक वर्षमा के गर्‍यो (पूर्णपाठसहित)

लन्डन– विभिन्न निर्णय गर्दै आइतबार गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साउथइष्ट लन्डनको चाल्र्टनस्थित फुटबल क्लवमा भएको साधारणसभाको उदघाटन संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम र वर्तमान अध्यक्ष राम गलामीले संयुक्तरुपमा गर्नुभयो ।

समाजका अध्यक्ष गलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शिव भण्डारीले गर्नुभएको थियो । उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा संस्थापक अध्यक्ष ओम थापा काउचा, पूर्वअध्यक्ष अर्जुन गौतम तथा सल्लाहकारहरु रणबहादुर केसी र मोती भण्डारीले समाजको विगत र वर्तमानबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा महासचिव शिव भण्डारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा वार्षिक भेला लगायतका विभिन्न कार्यक्रमको तयारी सहितका विभिन्न विषयमा छलफल भयो । सो वार्षिक भेलाका लागि नेपालबाट राष्ट्रिय स्तरमा चर्चित गुल्मेली कलाकारद्वय सुशीला गौतम र बैकुण्ठ महतलाई आमन्त्रण गर्ने निर्णय बैठकले गरेको छ ।

साधारणसभामा समाजका लागि प्रथम नौमती बाजा गुल्मीको तर्फबाट २२५ पाउण्ड हस्तान्तरण गरिएको थियो । नौमती बाजाका अध्यक्षसमेत रहेका संस्थापक अध्यक्ष ओम थापा काउचाले गुल्मी जिल्ला समाज यूकेलाई सो रकम हस्तान्तरण गर्नुभयो ।


कार्यक्रमको सुरुमै समाजका सल्लाहकार केशव भण्डारीकी आमा ९५ वर्षीया कौशल्यादेवी भण्डारी निधनप्रति शोक व्यक्त गर्दै मौनधारण गरिएको थियो ।

साधारणसभामा भोजनको प्रायोजन रोमनाथ पाण्डेले गर्नुभएको थियो ।

हेर्नुहोस् समाजले गरेका कामको विवरण

 

गुल्मी जिल्ला समाज यूके

वार्षिक प्रतिवेदन

२०१२०१८

कार्यक्रम विवरण:

१. गुल्मी जिल्ला समाज यूकेको वार्षिक साधारणसभा २०१७ मे ७ मा चाल्टर्नस्थित फुटबल क्लवको हलमा सम्पन्न भएको थियो ।

 

२. समाजले वर्षेनि गर्दै आइरहेका वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गर्नका लागि २०१७ जुलाई २ का दिन अल्डरसटको भेटघाट रेस्टुरेन्टमा अध्यक्ष राम गलामीको अध्यक्षतमा बसेको बैठकले समाजका उपाध्यक्ष टोप पल्ली र सचिव वीर बलाललाई व्यवस्थापनको जिम्मा जिम्मा दिएको थियो ।

 

३. २०१७ अगस्ट ६ मा समाजको वार्षिक भेटघाट कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । गुल्मेली कलाकार सन्तु थापा र रुपा घर्तीसमेतको उपस्थितिमा करिव १२ सय जनाको सहभागिता थियो ।

 

४. २०१७ सेप्टेम्बर १० मा समाजको निमन्त्रणामा बेलायत आउनुभएका कलाकारद्वय सन्तु थापा र रुपा घर्तीलाई माउन्टेन भ्यू रेस्टुरेन्टमा सम्मानसहित बिदाइ कार्यक्रम आयोजना गरियो ।

 

५. २०१७ डिसेम्बर ३ मा समाजको च्यारिटी डिनर कार्यक्रम बर्मिङ्हमस्थित क्लव- ९९ मा सम्पन्न भयो । च्यारिटीबाट ६ लाख रुपैयाँ संकलन गरियो ।

 

६. २०१७ सेप्टेम्बर ३ मा भएको च्यारिटी डिनरबाट संकलित रकम व्यवस्थापनका लागि २०१८ जनवरी २० मा भेटघाट रेस्टुरेन्टमा अध्यक्ष राम गलामीको अध्यक्षतामा बैठक सम्पन्न भयो । बैठकले उक्त रकमबाट विभिन्न संस्था र व्यक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

 

७. अप्रिल १ तारिक २०१८ मा गुल्मी जिल्ला समाज यूकेको प्रि-एजिएम बैठक ग्रीनविचस्थित माउन्टेन भ्यू रेस्टुरेन्टमा सम्पन्न भयो । बैठकमा आसन्न वार्षिक साधारणभा, वार्षिक भेला लगायतका विभिन्न कार्यक्रमको विषयमा छलफल भएको थियो । त्यस्तै, समाजको वार्षिक भेला अगस्ट महिनाको ५ तारिख आइतवार अल्डरसटमा गरिने र सो कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय स्तरमा चर्चित गुल्मेली कलाकारद्वय सुशीला गौतम र बैकुण्ठ महतलाई आमन्त्रण गर्ने निर्णय बैठकले गरेको थियो  ।

 

 

 

सहयोग विवरण:

१. २०१७ सेप्टेम्बर ३ मा भएको च्यारिटी डिनरबाट संकलित रकम समाजका सल्लाहकार बालजंग अर्यालले गृह जिल्ला गुल्मी पुगेर ४ लाख रुपैयाँ शान्तिपुर रेडक्रसलाई, १ लाख रुपैयाँ आशा अपाङ्ग तम्घास र १ लाख रुपैयाँ पत्रकार जनार्दन घिमिरेलाई सहयोग गर्नुभएको थियो ।

 

२. रुखबाट लडेर घाइते हुनुभएका गुल्मी धुर्कोट रजस्थलका प्रेम नेपालीलाई १ लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरियो । समाजका कोषाध्यक्ष श्री तारानाथ भण्डारीले सहयोग रकम हस्तान्तरण भएको थियो । रकम संकलनमा केशव भण्डारी, बाबुराम भण्डारी, राम सापकोटालगायतले संयोजन गर्नुभएको थियो ।

 

३. गुल्मी रुपाकोटका आगलागी पीडित ३ परिवारलाई २०१७ जुलाईमा कोषाध्यक्ष तारानाथ भण्डारीले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले ७५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।

 

४. गुल्मी रुपाकोटकी क्यान्सरपीडित श्रीमती उमा भण्डारीको उपचारका लागि २०१७ डिसेम्बरमा ६ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरियो । रकम संयोजनको काम सुरज भण्डारीले गर्नुभएको थियो । तर, श्रीमती उमा भण्डारीको उपचारको क्रममा निधन भयो ।

 

५. आफ्नी आमाको किरिया बसेका गुल्मीको भनभने वडा नम्बर ८ निवासी मिना र जमुना घर्ती मगरका लागि २०१७ अप्रिल २१ तारिखमा ४ लाख ८५ हजार ५ सय ५० रुपैयाँ हस्तान्तरण गरियो । रकम संकलनको संयोजन गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार ओम थापा काउचाले गर्नुभएको थियो ।

 

६. प्रथम नौमती बाजार यूके समूहले २०१७ अक्टोबर १० तारिखमा आशा अपांग केन्द्र गुल्मी तम्घासलाई १ लाख ७३ हजार २ सय ६४ रुपैयाँ हस्तान्तरण गरेको छ । समूहका सदस्य ईन्द्रबहादुर ढेंगा मगरले केन्द्रकी अध्यक्ष सुश्री गंगा रायमाझीलाई उक्त रकम प्रदान गर्नुभएको हो । गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार ओम थापा काउचासहित प्रथम नौमती बाजा गुल्मी यूके समूहले उक्त रकम संकलन गरेको हो । समूहले वर्षभरीमा संकलन गरेको २ सय ७५ पाउण्ड, सीडी बिक्रीबाट ६ सय ४ पाउण्ड, समूहका सदस्यहरुमध्ये व्यक्तिगतरुपमा ओम थापाबाट २ सय, पूर्ण बलालबाट १ सय ५०, ओम बुढाथोकीबाट ४५ पाउण्ड संकलन भएको थियो ।

 

७. २०१७ अक्टोबर १३ तारिखमा आशा अपांग केन्द्र गुल्मीकी अध्यक्ष गंगा रायमाझीकी आमाको क्यान्सरको उपचारका लागि २ लाख ८४ हजार २ सय १२ रुपैयाँ हस्तान्तरण गरियो । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार के.रि.टेमबहादुर ढेंगा मगरको हातबाट हस्तान्तरण गरिएको हो । रकम संकलनको संयोजन गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार ओम थापा काउचाले गर्नुभएको थियो ।

 

८. २०१८ मार्च १२ तारिखमा गुल्मी चन्द्रकोट– ४ शान्तिपुर रेमीका दुवै मृगौला फेल भएका भुक्तबहादुर राना (लक्ष्मण)को उपचारका लागि २ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ प्रदान गरियो । रकम संकलनको संयोजन गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार ओम थापा काउचाले गर्नुभएको थियो ।

 

९.२०१८ मार्च १८ तारिखमा प्रथम नौमती बाजा गुल्मी यूके समूहबाट संकलित रकम ७० हजार ७ सय ७५ रुपैयाँ आशा अपांग केन्द्र गुल्मी तम्घासमार्फत अपांगहरुको सहयोगका लागि हस्तान्तरण गरियो । गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार बालजंग अर्यालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । रकम संकलनको संयोजन गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष एवं सल्लाहकार ओम थापा काउचासँगै प्रथम नौमती बाजा गुल्मी यूके समूहले गरेको हो ।

 

१०. दुवै मृगौला फेल भएका गुल्मीको शान्तिपुर हरेवा कोवान्दीका दीपक गुरुङको उपचारका लागि २०१७ सेप्टेम्बरमा बेलायतमा ४ लाख ७२ हजार संकलन भएको थियो । रकम संकलनको नेतृत्व मनबहादुर गुरुङले गर्नुभएको थियो ।

 

११. दुवै मृगौला फेल भएका गुल्मीको कुर्घाका केशबहादुर गुरुङको उपचारका लागि २०१७ अक्टोबरमा बेलायतमा १ हजार ६७ पाउण्ड संकलन भएको थियो । रकम संकलनको नेतृत्व श्रीमती लक्ष्मी कुँवरले गर्नुभएको थियो ।

 

१२. २०१७ नोभेम्बरमा गुल्मीको चन्द्रकोट गाउँपालिका बिसुखर्कका ब्रेन ट्युमर पीडित हरिबहादुर रानाको उपचारका लागि करिव ३ लाख रुपैयाँ संकलन भएको थियो । रकम संकलनको नेतृत्व थमनबहादुर रानाले गर्नुभएको थियो ।

धन्यवाद !

 

…………….                                                                  …………….

  अध्यक्ष                                                                            महासचिव

राम गलामी                                                                               शिव भण्डारी