बेलायती राज्य मन्त्रीद्धारा भक्तपुर रेडक्रसकोे राहत समाग्री भण्डारण र रक्तसंचार कक्षको अवलोकन

लन्डन । बेलायतका परराष्ट्र तथा राष्ट्रमण्डल मन्त्रालय अन्तर्गत एसिया प्रशान्त क्षेत्र हेर्ने राज्यमन्त्री मार्क फिल्डले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखामा रहेको राहत सामग्री भण्डारण कक्ष (कन्टेनर क्षेत्र)को अवलोकन गरेका छन् । आज एक कार्यक्रमका बीच अवलोकन उनले अवलोकन गरेका हुन ।

दूई दिने नेपाल भ्रमणका क्रममा नेपाल गएका फिल्डले गोरखा भूकम्प २०१५ पश्चात् बेलायत सरकारको सहयोगमा बृटिश रेडक्रससंगको सहकार्यमा स्थापित गोदाम कक्षले भूकम्प प्रभावितलाई तत्काल पु¥याएको सेवा, गोदाम ब्यवस्थापन र रक्तसंचार सेवाकोबारेमा जानकारी लिएका थिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले राज्य मन्त्री मार्क फिल्ड सहित नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरीस, नेपाल स्थित बेलायती रेडक्रसका राष्ट्रिय ब्यवस्थापक जिल क्लेमेन्टस्लाई स्वागत गर्दै भक्तपुर रेडक्रसले भूकम्प पश्चात् संचालन गरेका प्रतिकार्य कार्यक्रमले संचालन गरेका गतिविधिहरु र त्यसले समुदायमा पारेका सकारात्मक प्रभावका बारेमा अवगत गराएका थिए ।