पौडेललाई संसदीय दलको नेता बनाउन लविङ

ramchandra212काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवासँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले लविङ गरेका छन् ।

सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेर पौडेल पक्षका नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गरेका छन् ।

पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो ।

देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिनुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

कांग्रेस संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी भइरहेको छ ।