नेपाली दूतावास लन्डनको सकृयतामा भैरहेको राहत सँकलन कार्यलाई थप प्रभावकारी बनाउने उदेश्यले एनआरएन युकेले छुट्टै समिति गठन गरेको छ । एनआरएन यूकेको आज बसेको सचिवालयको बैठकले आकस्मिक उद्दार सहयोग समिति मार्फत आफ्नो कार्य अगाडी बढाउने निर्णय गरेको छ । अध्यक्ष महेन्द्र कँडेलको अध्यक्षतामा गठित सो समितिमा उत्तम नेपाल, रामशरण सिमखडा, लोक गुरुङ, पूर्ण लक्सब सदस्य छन् । बैठकले बिभिन्न क्षेत्रमा सँयोजक समेत चयन गरेको छ । क्षेत्रीय संयोजकहरुमा पशुपति भण्डारी, सुरेन्द्र श्रेष्ठ,बीजन भट्ट, बिनोद ज्ञवाली, सुष्मा राई र थर्क सेन छन् ।
सो समितिको सल्लाहाकारमा प्रो डा सूर्य सुबेदी, डा राघब धिताल, महन्त श्रेष्ठ, डम्बर घले, सुर्य गुरुङ र विश्व आदर्शपंडित र कुल आचार्य रहेका छन् । यसअघि आइतवार लन्डन स्थित नेपाली दूतावासमा बसेको आकस्मिक बैठकले कार्यवाहक राजदूत क्षेत्रीको संयोजकत्वमा ‘नेपाल— ब्रिटेन उद्धार तथा राहत कोष’स्थापनाको स्थापना गरि काम सुरु भैसकेको छ । नेपाली दूतावास लन्डनले छुट्टै हेल्प डेक्सको स्थापना गरेको छ







