‘दुईवटा झन्डाका बीचमा पौडिनु होला’ (फोटो फिचरसहित)

तक्दीर अधिकारी
सिड्नी । तामारामा रेस्क्यु टिमका प्रमुख डेविट मार्फीले समुन्द्रमा पौडी खेल्न जाँदा दुईवटा झन्डाको बीचमा पौडी खेल्न अनुरोध गरे । भिजन फर मोटिभेसन (भीएफएम) ले आयोजना गरेको पानीमा सुरक्षा विषयक एक दिने तालिममा मार्फीले उक्त कुरा बताएका हुन् । समुन्द्रमा पौडी खेल्न जाँदा धेरै विद्यार्थीको डुबेर अकालमै मृत्यु हुने गरेकाले दुर्घटना न्यूनिकरणका लागि भीएफएमले पानी सुरक्षा विषयक एक दिने कार्यशाला आइतबार आयोजना गरेको हो ।

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक देव गुरुङ, महावाणिज्य दूत दीपक खड्कालगायत र अध्ययनका लागि अस्ट्रेलिया पुगेका नयाँ विद्यार्थीहरुको कार्यशालामा बाक्लो उपस्थिति थियो ।

कार्यक्रमस्थलमा राजदूत दाहाल बिद्यार्थीहरु सँग बस चढेर  सेन्ट्रल स्टेशनबाट तामारामा बीच पुगेका थिए।  संभवत पहिलो पटक नै होला अष्ट्रेलिया मा राजदुत बिद्यार्थीहरु सँग बस चढेर यात्रा गरेको ।  कार्यक्रममा राजदूत दाहाल ले भने  प्रत्येक वर्ष समुन्द्रमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दो भएको बताए । उनले भने, ‘यस्ता घटनाले घर परिवारमा कस्तो असर पार्छ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं । उच्च शिक्षा आर्जनका लागि पठाएको आफ्ना बच्चाको यस्तो समाचार सुन्नु प-यो भने सोच्न नसकिने अवस्था सिर्जना हुन्छ ।’

राजदूत दाहालले भने, ‘यो विषयमा राजदूतावास चिन्तत छ । यस्ता घटनाको न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर दूतावासले यस्ता कार्यशाला, एनआरएनए र नेपाली समाजबाट फिड्ब्याक खोजिरहेको छ ।’ हामी भूपरिवेष्टि मुलुकबाट यहाँ आएका हौं, समुन्द्रले हामीलाई आकर्षित गर्नु स्वभाविक हो, राजदूत दाहालले भने, ‘समुन्द्रमा जानु आउनु सामान्य हो, तर यो सामान्य कुराका लागि पनि विशेष दक्ष्यता चाहिँदो रहेछ । त्यो दक्ष्यता हासिल गरेर मात्र समुन्द्रमा पौडी खेल्न म अनुरोध गर्दछु ।’ राजदूत दाहालको अनुरोध थियो, ‘पौडी खेल्न जानुअघि विशेष दक्ष्यता हासिल गर्नुपर्छ भन्ने सूचना हामीले व्यापक बनाउनुपर्छ । यस्ता कार्यशालाले दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ, रेस्क्यु टिमलाई धन्यवाद ।’आफ्ना भनाइका अन्त्यमा राजदूत दाहालले भने, ‘सगरमाथाको देशबाट हामी आएका हौं, अब हामीले यो सगरमाथालाई समुन्द्रसँग जोड्न पहल गर्नुपर्छ ।’

कार्यक्रम समापनपछि लन्डन नेपाल न्यूजलाई प्रतिक्रिया दिँदै एनआरएनए न्यू साउथ वेल्स राज्यपरिषद् संयोजक गुरुङले यो कार्यशालामा धेरै जनसमुदायको उपस्थिति नभए पनि अत्यान्त महत्वपूर्ण र उपलब्धिमूलक कार्यक्रम भएको बताए । यस्ता कार्यक्रमले समुन्द्रमा पौडी खेल्न जाँदा हुने घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तै महावाणिज्यदूत दीपक खड्काले पनि कार्यक्रमको प्रशंसा गरे । समुन्द्रमा पौडी खेल्न जाँदा धेरैको ज्यान गइसकेको छ, त्यसलाई न्यूनिकरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुनेछन् ।

भीएफएमका संस्थापक महेश प्रसाई (म्याक्स) ले कार्यक्रम पूर्णरुपमा सफल भएको बताए । यसपटकको कार्यशालामा विशेषतः नयाँ विद्यार्थीलाई सहभागी गराइएको थियो । कार्यक्रम सफल र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा संस्थाक प्रसाईले खुशी व्यक्त गरे । यस्तै एनएसडब्लु नारी कुञ्जकी  अन्जना बस्नेत कार्कीले पनि यस्तो कार्यक्रमले समुन्द्रमा हुने दुर्घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष गोवा कटवाल, युवा अभियान्ता डिला खरेल, एनएसडब्लुका सहसचिव तीर्थ कार्की ,  नारी निकुन्जकी (वोमन फोरम) सचिव स्वीकृत भट्ट, न्यू साउथ वेल्स राज्य सह- संयोजक डा. समिता गुरुङ, सदस्य अन्जु शाह ,आचार्य राजन   शर्मा  र सुमन चौलागाईं लगायतको उपस्थिति थियो । पानी सुरक्षामा तालिमको समापनपछि राजदूत दाहालले प्रायोजक र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको अन्त्यमा नाँचगान गरेर रमाइलो गरिएको थियो । भीएफएमका अध्यक्ष रमेश श्रेष्ठ, सदस्यहरु महेश ढुंगाना, सुरज ओलीलगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा सुरज ओलीको गजल बाट सबैले मनोरञ्जन लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *