काठमाडौं– विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) ले आठ प्रदेशको प्रस्ताव गरेको छ ।
सो पार्टीले संविधान संशोधन विधेयकमा संशोधन हाल्दै त्यस्तो प्रस्ताव गरेको हो ।
२०७२ जेठ २५ गते भएको १६ बुँदे सम्झौतामा पनि ८ प्रदेशको प्रस्ताव गरिएको थियो ।
तर, तीन दलले बेइमानी गरेर सात प्रदेशमा झारेको आरोप अध्यक्ष गच्छदारको छ । सात प्रदेशले देशका समस्या समाधान नहुने समेत गच्छदारको भनाई छ ।
उनले झापा, मोरगं, सुनसरी, सप्तरी, सिरहा, उदयपुरलाई मिलाएर छुट्टै प्रदेश बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
सो पार्टीले पश्चिमका कैलाली, कञ्चनपुर, चितवन, नवलपरासीका केही भाग र पाल्पा, गुल्मी तथा अर्घाखाँचीलाई चार नम्बर प्रदेशमा राख्नुपर्ने प्रस्ताव गरेको छ भने कैलाली, कन्चनपुर, र नवलपरासीका बाँकी भाग पाँच नम्बर प्रदेशमा मिलाउनुपर्ने प्रस्ताव गरेको छ ।
साथै फोरमले प्रत्येक प्रदेशमा पच्चास प्रतिशत महिलाको हरेक निकायमा सहभागिता हुनुपर्ने माग गरेको छ ।






