गुल्मी समाज युकेद्वारा गुल्मीका भुकम्प पीडितहरुको पुर्नस्थापनाको लागि रु पाँच लाख २२ हजार सहयोग

जनार्दन घिमिरे
गुल्मी, २७ जेठ । गुल्मी जिल्ला समाज युकेद्वारा गुल्मीका भुकम्प पीडितहरुको पुर्नस्थापनाकालागि रु पाँच लाख २२ हजार रुपैंया सहयोग उपलव्ध गराएको छ ।

नेपालवाट रोजगारको शिलसिलामा वेलायत पुगेका गुल्मेलीहरुले संकलन गरेको उक्त रकम गुल्मी जिल्ला समाज युके मार्फत उपलव्ध गराईएको हो । समाजका  सल्लाहकार मोती भण्डारीले वुधवार सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा वीच जिल्ला विपद व्यस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेको रोहवरमा गुल्मी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद पाण्डेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सोही समारोहमा गुल्मी जिल्ला समाज युकेले नेपाल रेडक्रस सोसाईटी शान्तिपूर उपशाखाको एम्वुलेन्सको मर्मत संहारका लागि समेत एक लाख रुपैंया सहयोग उपलव्ध गराएको छ । उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाईटी गुल्मी शाखाका सभापति अनुपकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

गुल्मी जिल्ला समाज युकेद्वारा गुल्मीका भुकम्प पीडितहरुको पुर्नस्थापनाकालागि उपलव्ध गराएको सहयोग रकम विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै समाजका  सल्लाहकार मोती भण्डारी ।moti bhandari