झापाको दमकमा जन्मिएकी मोडल सपना बुढाथोकी मोडलिङ क्षेत्रमा केही गर्ने सोचका साथ संघर्ष गरिरहेकी छन् । ं
मोडलिङलाई नै आफ्नो भबिष्य बनाएकी सपना आफ्नो सपना पुरा गर्नकै लागि अहिले काठमाण्डौमा रहेकी छन् । काठमाण्डौमा एक फाईनान्स कम्पनीमा काम गर्दै मोडलिङ क्षेत्रलाई समेत उनले सँगसँगै लगेकी छन् । उनी भन्छिन् – मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । मेरो मामु गिता बुढाथोकी र बाबा राजेश बुढाथोकी को समर्थने नै आज म यो क्षेत्रमा लागिपरेकी छु ।
बिभिन्न कार्यक्रम तथा प्रतियोगिताहरुमा भाग लिएकी सपनाले दुई वटा म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । उनले भनिन् – अहिले सम्म दुई वटा म्युजिक भिडियो गरे, केही समयमै अन्य म्युजिक भिडियो र फिल्ममा समेत अभिनय गर्ने तयारीमा छु । करिब एक वर्षदेखी नेपाली मोडलिङ क्षेत्रमा प्रबेश गरेकी सपना अभिनयको अफर आएमा नकार्न नसक्ने बताउँछिन् ।
आफ्नो मामुको साथ, माया र प्रेरणाले यस क्षेत्रमा प्रबेश गरेकी बताउने सपना मामुको सपना एकदिन अवश्यै पुरा गरिछाड्ने बताउँछिन् । भबिष्यमा एक सफल मोडलको रुपमा सपनालाई देख्न पाईएला त भन्ने प्रश्नमा भने उनले भनिन् – यो त समयले नै बताउनेछ तर म धेरै भन्दा धेरै प्रयाश गर्नेछु, मेरो सपना एक दिन पुरा हुनेमा विश्वास छ । माया एउटा जिन्दगी बिताउने आधार हो भन्ने उनी कुनै समय प्रेममा फसेको भएपनि अहिले भने सिंगल रहेको बताउँछिन् । नेपाली रजतपटमा राजेश हमाल र किशोर खतिवडा उनलाई मनपर्ने कलाकार हो भने डेटिङ जाने अफर आए किशोर खतिवडासँग नै जान मन लागेको उनले खुलाईन् । सेक्सलाई प्रकृतिले दिएको देन बताउने सपना सेक्स सबैलाई आवश्यक रहेको बताउँछिन् ।
अहिलेसम्म सेक्सको अनुभव नलिएको बताउने उनले सेक्सको प्रस्ताव आएपनि आफुले वास्तै नगरेकी बताउँछिन् । उनलाई आफ्नो शरिरको आँखा र ओठ सबैभन्दा सेक्सी लाग्ने अंक हो रे । चुम्बनको अनुभव त लिनु भएको होला नि भनेर संवाददाताले सोध्दा उनले हाँस्दै भनिन् – हल्ला अनुभव छ । मोडलिङ क्षेत्रमा उनलाई अगाडी बढाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले भनिन् – आम दर्शकहरुको माया र साथले त झन् मलाई अझै अगाडी बढ्न उर्जा मिलेको छ । नयाँ म्युजिक भिडियोमा अभिनयका लागि सहयोग गर्ने एक जनालाई उनले विशेष धन्यवाद समेत दिएकी छन् । नेपाली मोडलिङ क्षेत्रमा उनले शिखर चुम्न सकुन् ।(soutse:purbelinews.com)







