शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ जसलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । यसमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन् । नायिका आँचल शर्मा चलचित्रमा मात्र हैन म्यूजिक भिडियोमा पनि उतिकै व्यस्त छिन् र उन्लाई म्युजिक भिडियोमा रुचाइन्छ पनि । भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस २’ को फाईनलमा पुगेका सुशान्तको डान्सको गाथा सबैले गाउने गर्छन् । पछिल्लो समयमा थुप्रै चर्चित गीतहरु बजारमा ल्याईरहेको डश म्यूजिकले व्यबस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् भने संगीत संयोजक उदयराज पौडेल हुन् । भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ र सम्पादक सुप्रिम पराजुली हुन् ।
नेपाली म्यूजिक भिडियोहरु अहिले निकै राम्रो क्वालिटीका बनिनुका साथै नयाँ थिम बोकेका हुनाले दर्शकहरुले रुचाउने गरेका छन् ।






