बेलायतको प्रधानमन्त्रीमा पुनःडेविट क्यामरुन

IIM-10187-0016[1]

शिव भण्डारी

लण्डन ।

हिजो सम्पन्न संसदीय निर्वाचनमा डेविट क्यामरुनको सत्तारुढ दल कन्र्जभेटिप पार्टीले सामन्य बहुमत हासिल गरेको छ । यो बहुमतसँगै डेविट क्यामरुन पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । सत्ता साझेदार लिबिरल ड्यामोक्रयाटिक पार्टी भने यो निर्वाचनमा नराम्ररी पछारिएको छ । उसले ८ सिटभन्दा बढी जित्न सकेन । यसअघिको निर्वाचनमा लिबिरलले ५५ सिट जितेको थियो । यो निर्वाचनमा उसले ४७ सिट गुमायो । प्रतिपक्षी लेबर पार्टीले भने विगतमा जस्तो छवी कायम गर्न सकेन । यसपटक उसले २५ सिट गुमायो ।

COMMS_VOTE_CONSERVATIVE-10[1]
स्कटिस नेसनल पार्टी (एसएनपी) तेस्रो ठूलो दलको रुपमा उदाउनु यो निर्वाचनको विशेषता बन्यो । यसअघि ६ सिट जितेर संसदमा उपस्थिति देखाएको एसएनपीले स्कटल्याण्ड क्षेत्रमा क्लिनस्वीप ग-यो । उसले यसपटकको निर्वाचनमा ५६ सिट बनाएको छ । यसका अध्यक्ष निकोल स्टुरगेनका अनुसार स्कटल्याण्ड एकल पार्टीको राज्य हुनेछ । गत वर्ष सम्पन्न बेलायतबाट स्कटल्याण्ड अलग हुने जनमतसंग्रहमा एसएनपीले लिएको रणनीति उपयोगी भएको अहिलेको संसदीय निर्वाचनको परिणामले देखायो ।