पेले फेरि अस्पताल भर्ना

काठमाडौं, वैशाख २५ । ब्राजिलियन फुटबल हस्ती पेले बिरामी भएपछि फेरि अस्पतालमा भर्ना गरिएका छन् । पेलेको प्रोस्टेट शल्यक्रिया गरिएको दाबी अन्तराष्ट्रिय सन्चारमाध्यमहरुले गरेका छन् । ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालले पेले बिरामी भएर अस्पतालमा भर्ना भएको पुष्टि गरेपनि उनको स्वास्थ्य समस्या र अवस्थाबारे केही जानकारी दिएको छैन । पछिल्लो ६ महिनामा पेलेलाई अस्पताल भर्ना गरीएको यो दोस्रोपटक हो । यसअघि मिर्गौलाको पत्थरी हटाउनेक्रममा संक्रमण फैलिएपछि उनलाई सोही अस्पतालमा उपचार गरिएको थियो । ७४ वर्षीय फुटबल हस्ती पेलेले ब्राजिललाई तीनपटक विश्व च्याम्पियन बनाएका थिए ।