नोटिङघममा नेपाली युवाहरु एभरेष्ट क्रिकेट लिगमा भिड्दै

लन्डन। बेलायत मा स्थाई बसोबास गर्दै आएका मिडलैंडका युवा हरु ले येही मे ६ मा नोटिङघाम यु के मा एभेरेस्ट क्रिकेट लीगको आयोजना गर्ने भएका छन्। गत साल बाट शुरु गरिएको उक्त लिग मा यो साल निकै भब्य र आकर्षण को रुपमा आयोजना गरिने नोटिङघाम नेपाली समाजका उपाध्यक्ष तथा आयोजक टिमका क्याप्टेन दिपक सापकोटा ले बताउनु भयो। गत साल लेस्टर र नाेटिङघाम ले खेलेका थिए भने यो साल बढेर पाँच टिम सहभागी हुने र यसरि थपिने टिम मा पिटरबोरो र ग्रन्थम सान्ती नेपाली सामज बर्मिनघम र गोर्खा लायन्स डर्बि भएको अर्का गुर्खा टाइगर स्पोर्ट क्लबका क्याप्टेन केशव खत्री ले बताउनुभयो। उक्त लिग को उद्घाटन समारोह मा नेपाल बाट विभिन्न कलाकार हरु आउने भएको र यसरि आउने कलाकार मा लोक गायिका प्रिती आले,मोडेल दिपसा बि सी र कृष्ण काफ्ले छन्।

यता लिगको उद्घाटन भने नेपाल सरकार का राजदुत दुर्गा बहादुर सुबेदी ले गर्ने र यु के मा रहेका विभिन्न सस्था बाट पनि उक्त कार्यक्रम मा सहभागी हुने आयोजक प्रमुख सापकोटा ले बताउनु भयो। अहिले सम्मकै पृथक र यु के मा छरिएर बसेका विभिन्न संघ संस्था लाइ पनि एक बद्द रुपमा लैजान यो लिगले उत्प्रेरित गर्ने कुरा प्रमुख सापकोटा ले बताउनुभयो। यसरि आयोजना गर्ने मुख्य संस्था मा सृजनशील समाज लेस्टर र नोटिनघाम नेपाली समाज रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *