लन्डन,
वेलायत सरकारले राहत समाग्री र उद्धारकर्मीसहित नेपालका लागि पठाएका तीन वटा हेलिकप्टर नेपालै नआइ दिल्लीबाट फर्कने भएका छन्।
राहत तथा उद्धारकलागि सिएच-४७ (चिनुक) नामक तीन वटा हेलिकप्टर एकसाता अघि दिल्ली आइपुगेका थिए |
यी विमान मंगलबार नेपाल आउदै थिए तर एकाएक रोकिए । त्यसदिन अमेरिकी सेनाको सी-१७ विमान र हेलिकप्टर आयो भने भोलीपल्ट चिनिया जनमुक्ति सेनाका दुइटा विमान आएका थिए ।
यी ठूला विमानको चर्को आवाज आउने र दुर्गममा उडान अवतरणमा समस्या हुने भएकाले सरकारले रोक्नु परेको स्रोतको भनाई छ ।
विमानस्थलका अनुसार, शुक्रबार रातीसम्म राहत र उद्धारकालागी नेपाल आउने विमानको संख्या ७ थियो ।
यी विमान छिमेकी मुलुक, दातृ निकाय तथा अन्तराष्ट्रिय संघसंस्थाले ल्याएका थिए । विमानस्थलका कामु महाप्रवन्धक वीरेन्द्र प्रसाद श्रेष्ठका अनुसार, आजका उडानबाट १३ जना विदेशी र ४४ जना नेपाली घाइतेहरुको उद्धार गरीयो । आज ६ वटा निजी हेलिकप्टरहरुले ४२ वटा उडानबाट जिल्लाहरुमा औषधी र मेडिकल टिम पुर्याएको छ । त्यसैगरी आजका उडानबाट ४६ हजार ३ सय ९३ किलोग्राम राहत सामाग्री जिल्लामा पुर्याएको छ ।







