सोकका शब्दहरु

सुरेन रुपाखेती ,

लन्डन ।

समयले धेरै कोल्टो फेरि सकेछ अस्ती जस्तो लाग्छ जन्मघरको आगनमा घिर्सिदै बामे सरेको,ताते ताते गर्दै पहिलो पहिला चालेको,चल्दै,खेल्दै गरेको तर बिभिन्न परिस्थिति वा रहरले प्यारो त्यो जन्म घर छोडेर बजारको घरमा सरियो,अनि त्यो घरलाई पनि बिरानो जस्तै बनाउदै काठमाडौँ छिरियो ,अन्तत मातृभूमिलाइ नै बिदा गर्दै यस्तै परदेशको भुमीमा पाइला टेकियो!

समयको यो बिरासतमा आँखा बिछाएयर परसम्म हेर्दा २० बर्सको अन्तराल आँखै अगाडी सजीव भएर आयो,मस्तिस्कमा स्मृतिज्वाला बाल्दै दुइ दशकले धेरै परिबर्तनका हिउद बर्खा काटेछ । चिनीनै नसकिने परिबर्तन भएछ!सबै परिबर्तनलाइ स्वीकार गर्न सकिने रहेछ ,रुखो समयले सबै परिबर्तनका क्षणहरुलाइ आत्मसात गर्न सिकायो । तर आफ्नाहरुको बिछोडमा कसरी मन बुझाउने कहिल्लै सिकाएन । निस्ठुरी समयको चक्र भनु वा के आफ्नो भन्ने हरु बाट बिछोड हुँदै आजको दिनसम्म परिवारका ४ सदस्य हरु हामी बाट बिदा भैसक्नु भएको छ ।

हामीले गाउँ छाडे पनि ठुली आमा चाँही गाउमै आफ्नो पुर्खाको ठाउमा एक्लै भएपनि संघर्स गरेर बस्नु भएको थियो । ठुली आमा हाम्रो खलकको मियो हुनुथ्यो,धरोहर हुनुथ्यो,परदेस र स्वोदेसबाट गाउँको घरमा जाँदा चरण स्पर्श गरेर ठुली गर्ने ममतामयी हुनुहुन्थियो ।

IMG_2326

आड ,भरोसा र इतिहाँस बोकेको बृद्ध कथा हुनुन्थ्यो!कहिले काही गाउमा जादा कोइ त छन नि भन्ने लाग्दथियो , पछील्लो समय नेपाल जाँदा गाईको दुधमा बनेको मिठो लोकल चिया , आफ्नै बारीमा फलेको मकै अनि गोल्भेडाको अचार खुवाउनु भएको थियो अनि त्यस समयमा मैले उहालाई भनेको थीए कति दु:ख गर्नु हुन्छ भन्दा मत काही जादिन बरु घुम्न चाइ बोलायौ भने बेलायत चाँही १ हप्ताको लागि जानी हो धेरै दिन चाँही बस्दिन किनकि घरमा बाख्रा गाईले खोज्छन भन्न्नु हून्थ्यो । तर अकस्म्मात गाउँ बाट फोन आयो उहाले हामी सबै लाइ छोडेर बिदा हुनु भयो रे भनेर , यस्तो खबरले मलाई यती मर्माहित बनायो कि त्यतिबेला उहाले ले जिस्केर भन्नु हून्थ्यो ” म मर्दा मेरा ४ छोरा छन चार तिर बाट बोकेर घाटमा लैजान्छ्न ” तर समयको चक्र उहांको मुख सम्म पनि देख्न पाइएन । किन हामी ३ जना बाहिर थियौ र तत्काल जानी परिस्थिति थिएन ।

अब त्यो गाउँ को घरमा हामी जादा हामीले उहांको लाई पाउदैनौ र उहाको अभाब सधैं खड्किरहने छ । कुनै समयमा हाम्रो परिवार यती ठुलो थियोको हजुर बुवा , हजुर आमा २ जना अनि ठुला आमा , बुबा , ममी , दुई फुफु दिदि , दिदि , दुई दाई , म अनि भाई तर हामी हरु आज समयको को चक्र सगै फरक फरक ठाउमा छौ तर सधैं देखी रहेको भन्दा अलि टाढाको बढी माया अनि संसार छोडेका को पछी त झन् बढी याद आउदो रहेछ । मानिस जीवन यस्तै रहेछ एक दिन सबै छोडेर जानु पर्ने चाहेको कुरा नहूदो रहेछ !

हार्दिक श्रद्धाञ्जली

IMG_2325