एनआरएन यूरोप भेलाको लण्डन नेपाल न्यूजबाट प्रत्यक्ष प्रशारण हुने, एभरेष्ट गौतम जर्मनीजाँदै

लन्डन– जर्मनीको फ्यांकफर्टमा आगामी जुलाई २९ र ३० मा हुने एनआरएन यूरोप बैठकको लन्डन नेपाल न्यूज डट कमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । एनआरएन यूरोप बैठक तथा महिला सम्मेलनको लन्डन नेपाल न्यूज डट कमको फेसबुक पेज तथा होमपेजबाट प्रत्यक्ष प्रशारण गरिने प्रधान सम्पादक शिव भण्डारीले जानकारी दिए ।20403533_10209842790895296_1866372846_n

यसै बीच सम्मेलनमा समाचार संकलन, प्रशारण, तथा त्यहाँको बिबिध गतिविधिहरुलाई जनसमक्ष पुराउने उद्देश्यले “लन्डन नेपाल न्युज डट कमका सम्पादक “एभरेष्ट गौतम” स्थलगत रिपोर्टिङको लागि जर्मनी जाने भएका छन् । प्रवासमा बसोबास गर्ने ६० हजार नेपालीको साझा संस्था एनआरएनको केन्द्रीय महाधिवेशनको तयारी भइरहेकाबेला हुने यूरोप बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

यूरोप बैठक तथा महिला सम्मेलनका हरेक गतिविधिलाई लन्डन नेपाल न्यूज डट कममार्फत सार्वजनिक गरिने प्रबन्ध निर्देशक आरके त्रीपाठीले जानकारी दिए ।