डा उपेन्द्र देवकोटा लण्डनको किंग्स अस्पतालमा भर्ना

लन्डन — वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटा बेलायत भ्रमणमा अकस्मात बिरामी परेपछि अस्पतालमा भर्ना भएका छन् ।

देवकोटाको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा उपचार भइरहेको लन्डनस्थित दूतावास स्रोतले जानकारी दिएको छ ।

देवकोटाको रोगबारे भने यकिन बताइएको छैन । अहिले उनी सामान्य अवस्थामा छन् । सन् १९८९ मा बेलायतमा अध्ययनपछि देवकोटा नेपाल फर्किएका थिए । शाही सरकारमा स्वास्थ्य, विज्ञान तथा प्रविधिमन्त्री समेत भएका डा. देवकोटा वीर अस्पतालको पहिलो न्यूरोलोजिकल ट्रमा युनिटका संस्थापक हुन् ।

पछिल्लो समय उनी न्यूरो हस्पिटल, बाँसबारीका सञ्चालक छन् ।