यी हुन् नेपालका १० उत्कृष्ट होटल

Hotel-Happy-Homeकाठमाडौं  ११ माघ । विश्वकै लोकप्रिय ट्राभल अनलाइन ‘ट्रिप एडभाइजर’ले नेपालका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । नेपाल आएका बिभिन्न देशका पर्यटकले ती होटलमा सेवा लिएपश्चात गरेको समिक्षाका आधारमा ट्रिप एडभाइजरले उत्कृष्ट होटलहरु छनौट गरेको हो ।

ट्रिप एडभाइजरले विभिन्न श्रेणीका विश्वभरका उत्कृष्ट होटलको सूची सार्वजनिक गरेको छ । नेपालबाट उत्कृष्ट १० होटलको सूचीमा पर्नेमा ठूला पाँचतारे होटलभन्दा पनि साना र मौलिक ‘बुटिक होटल’को बाहुल्यता धेरै छ ।

पाँचतारे होटलहरुबाट हायत रिजेन्सीमात्र उत्कृष्ट १० होटलमा पर्न सफल भएको छ । नेपालमा काठमाडौं र पोखरामा गरी १० वटा पाँचतारे होटलहरु सञ्चालनमा रहेका छन् ।

यसैगरी पर्यटकलाई उत्कृष्ट सेवा-सुविधा उपलब्ध गराउने होटलको सूची अर्थात ‘बेष्ट सर्भिस होटल’ मा एउटा पनि पाँचतारे परेका छैनन् । उत्कृष्ट सेवा-सुविधाका लागि पाँचतारे होटल मात्रै सम्झिनेका लागि ट्रिप एडभाइजरको सूचीले सोच्न बाध्य बनाएको छ ।

Palanet Bhaktpur

उत्कृष्ट होटलको सूचीमा परेका १० होटलमध्ये ६ वटा काठमाडौंमा सञ्चालित होटल हुन् भने चारवटा पोखरामा सञ्चालनमा रहेका छन् । पछिल्लो समय राजधानी बाहिर पनि उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने होटलहरुको संख्या बढ्दै गइरहेको छ ।

त्यसैगरि, उत्कृष्ट सेवा प्रदान गर्ने होटलमा आठवटा काठमाडौंबाट परेका छन भने पोखरा र भक्तपुरबाट एक/एक वटा पर्न सफल भएका छन् ।

बौद्धमा रहेको शाम्बालिङ बुटिक होटल र होटल टिबेट इन्टरनेशन भने उत्कृष्ट होटल र उत्कृष्ट सेवा दिने होटल दुबै श्रेणीमा पर्न सफल भएका छन् ।

ट्रिप एडभाइजरले हरेक वर्ष विश्वभरका होटललाई विभिन्न श्रेणीमा वर्गिकरण गरी उत्कृष्ट होटल छानेर ‘ट्राभलर च्वाइस अवार्ड’ प्रदान गर्दै आएको छ । यात्रामा निस्किएका करोडौं ट्राभलरहरु उत्कृष्ट होटल छनौटमा सहभागी हुने गरेका छन् ।

ट्रिप एडभाइजरले उत्कृष्ट होटल, उत्कृष्ट सेवा दिने होटल, उत्कृष्ट होमस्टे तथा गेष्ट हाउस, उत्कृष्ट बार्गेन होटल, लक्जरीयस होटल, रोमान्टिक होटल, फेमिली होटल लगायतका क्याटगरीमा ट्राभलर च्वाइस अवार्ड प्रदान गर्छ ।

यी हुन नेपालका उत्कृष्ट १० होटल

Shambaling-Boutique-Hotel

Dwarika's-Hotel

Hotel-Tibet-International

Temple-Tree-Resort-and-Spa

Hotel-Shambala

Gokarna-Forest-Resort

Hyatt-Regency-Kathmandu

Atithi-Resort-and-Spa

WaterFront-Resort

The-Lakeside-Retreat

उत्कष्ट सेवा प्रदान गर्ने १० होटल

Hotel-Mi-Casa

Hotel-Mums-Homes

Hotel-Friends-Home

Hotel-Happy-Home

Hotel-Dream-Pokhara

Dream-nepal-hotel-and-apartment

Sambaling Boutique Hotel

Palanet Bhaktpur

Hotel tibet International

Hotel Silver Home