लण्डन । बेलायत स्थित लण्डनको प्लमस्टेडमा मुख्य कार्यलय रहेको नमस्ते एटुजेडले फ्युजन रेष्टुरेण्ट, वुलविचमा च्यारिटेवल प्रमोशन कार्यक्रम सम्पन्न गरेको छ ।
कुरियर व्यवशायिक क्षेत्रमा यूकेकै सम्वन्धित निकाएमा कानुनी रुपमा दर्ता भई यूकेको १२ वटा शहरमा आफ्नो शाखा विस्तार गर्दै आफ्नो सफल यात्रा तय गरेको हो । नेपालमा पनि नमस्ते एटुजेड नामक कम्पनी खोल्दै नेपालबाटै गुणस्तर सेवाको शुरुवात गरेको नमस्ते एटुजेडले संसारै भरि आफ्नो सेवा पनि दिने गरेको छ ।
नन कर्मशियल वस्तुहरूलाई संस्था मार्फत च्यारिटी अर्थात दान दिने वस्तुहरुलाई नेपालमा पठाउँन सेवा शुल्क कम्पनीले नलिने तर सामान पठाउँदा लाग्ने कार्गो शुल्क लाग्ने भन्दै आवश्यक तयारी र छलफलका लागि नमस्ते एटुजेडले अर्थपूर्ण अभ्यास समुदाय विच शुरु गरेको हो ।
आई सि ए ओबाट मान्यता प्राप्त एटुजेड नेपालको यूकेमा कार्यरत एकमात्र विश्वासिलो कम्पनी हो । सन २०१४ मा स्थापना भई हालसम्म यसले कुरियर, कार्गो’हवाई टिकट जस्ता सेवामा कार्यरत कम्पनीले यूके स्थित विभिन्न संघसंस्था संग छलफल गर्दै नेपालमा कार्गो र कुरियर पठाउँदा संस्थागत सहकार्य गर्न तत्पर रहेको कम्पनीले जनाएको छ ।






