ओखलढुङ्गामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसमेत सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिल्लाको सिद्धिचरण नगरपालिका १ का दीपक विशङ्खेको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रुमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो ।
बिहीबार दिउँसो सिद्धिचरण नगरपालिका–१ मा पर्ने वर्णालुको वनपाले भीरमा स १ त ३०४६ नम्बरको ट्याक्टर पल्टिँदा घटनास्थलमै तीन र एक जनाको जिल्ला अस्पताल रुम्जाटारमा मृत्यु भएको थियो । सानीटारबाट रुम्जाटार पराल लिन गइरहेको ट्याक्टर सडकबाट करिब ६०० मिटर तल खसेको थियो ।
ट्याक्टर दुर्घटनामा पाँचको मृत्यु






