पार्टीभित्रको आन्तरिक विवादकाबिच राप्रपा नेपालको रथयात्रा सकिदैछ । हिन्दू राष्ट माग गर्दै सुरु भएको मेची महाकाली रथ यात्रा आज काठमाण्डुमा समापन गर्न लागेको राप्रपाले जनाएको छ । तर, राप्रपा भित्रैको विपक्षीले अवरोध गर्ने तयारी गरेको छ । भत्तपुरबाट र्यालीसहित रथयात्रा काठमाण्डुको खुलामञ्चमा पुर्याएर समापन गरिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपा नेपाल सुदृढीकरण अभियानका समर्थकहरुहरुले भने रथ यात्राको विरोध गरेका छन् । हिजो कमल थापाको पुत्ला जलाएका थिए । उनीहरुले नारावाजी गर्दै थापाले हिन्दूराष्ट्र बनाउने नाममा चन्दा असुली अभियान चलाएको बताएका छन् ।
रथयात्रामा कमल थापाको पुत्ला दहन






