नक्कली पत्रले बेलायत कांग्रेसमा खैलाबैला, छानवीन हुंदै

लन्डन । प्रजातान्त्रिक मुलुकमा रहेका र आफूलाई प्रजातान्त्रिक पार्टीको निष्ठावान कार्यकर्ता ठान्ने यहांका कांग्रेसीहरु यो साता एउटा नक्कली पत्रमा लडिरहे । नेपाली कांग्रेस, केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीको हस्ताक्षर रहेको पुरानो पत्रमा ब्यहोरामात्र नयां हालेर इमेलभर फिंजाइएको एउटा नक्कली पत्रले बेलायत कांग्रेस खुब तात्यो । nepali-Congress-flag_20110409091641[1]फोटोसपबाट पुरानो लेटरहेड र हस्ताक्षर उही राखेर बनाइएको पत्र हेर्दा सक्कली झैं लाग्थ्यो । लोक गुरुङको नाममा सम्वोधनसहित प्रष्ट पारिएको भन्दै प्रेषित पत्रमा गुरुङलाई नै समितिको सभापतिका हैसियतले आफ्नो कार्य यथावत राख्न निर्देश गरिएको थियो । पत्रमा बेलायत कांग्रेसको विवाद मिलाउन विज्ञान प्रसाईंलाई संयोजकमात्र तोकिएको उल्लेख थियो ।

शुरुमा समितिका उपाध्यक्ष युवराज गुरुङले पत्र फरवार्ड गरेपछि महासचिव शिव तिमिल्सिनाले उही पत्र भ्रम नफैलाउन र पत्रअनुसार अगाडि बढ्न जताततै फरवार्ड गरे । केही समयअघिमात्र केन्द्रबाट आएको सक्कली पत्रको भावना विपरित नयां निर्णय सहित अर्को पत्र फिंजिएपछि प्रसाईं सबैभन्दा बढि आक्रोशित भए । इमेल वार शुरु भयो । प्रसाईंले युवराज गुरुङलाई तपाईंले पठाएको नक्कली पत्र कहांबाट आएको हो भन्न सक्नुहुन्छ भन्दै नत्र उनैले जिम्मेवारी लिन चेतावनी दिए । इमेलमा रस्साकस्सी चलेपछि अन्त्यमा युवराजले पत्र नेपाल ब्रिटेन डटकमको इमेलबाट आएको प्रमाण देखिने गरि फेरि फरवार्ड गरिदिए भने तिमिल्सिनाले यसमा आफ्नो कुनै सरोकार नरहेको प्रष्ट्याए । इमेलको मुख्य श्रोत नेपाल ब्रिटेनले भने अहिलेसम्म केही जवाफ पठाएको देखिएन ।letter[1]

अघिल्लो सातामात्र नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति, बेलायतको महाधिवेशन आगामी तीन महिनाभित्र गराउन निर्देशन दिएको थियो । कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले ११ असोज, २०७२ मा पत्र मार्फत नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभाग सदस्य विज्ञान प्रसाईंलाई एकीकृत समितिको संयोजक तोक्दै उक्त निर्देशन दिएका थिए ।

तिवारीले पत्रमा २६ जुलाई, २०१५ मा विभाजित जनसम्पर्क समितिको एकताका लागि प्रसाईंको अध्यक्षतामा लन्डनमा भएको समितिका दुवै पक्षका जिम्मेवार पदाधिकारीहरुको बैठकले निर्णय गरे बमोजिम प्रसाईंलाई नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत समितिको संयोजक तोकिएको जनाएका थिए ।

प्रसाईंले नक्कली पत्रबारे पार्टी कार्यालयले छानवीन गरिरहेको जनाउंदै पत्र बेलायतबाटै बनाएर इमेलतिर फिंजाइएको बलियो आधार भएको दावी गरे । उनले यसलाई क्रिमिनल केसमा बेलायतमा समेत मुद्दा दर्ता गरिने जिकिर गरेका छन् ।

यसैबीच, प्रसाईंले एकता अधिवेशन लगायत एजेन्डामा छलफल गर्न समिति आवद्ध सबैलाई आगामी १८ अक्टोबरमा एउटा बैठक डाकेका छन् । समय ४ बजे भनिएपनि स्थान तोकिएको छैन् ।12077128_10206100700809297_2109390680_n[1]