
रामेछाप- पूर्व सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले नेपाली कांग्रेस वर्तमान सरकार हटाउने पक्षमा नरहेको बताउनुभएको छ ।
रामेछापले मन्थलीमा आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा रिजालले वर्तमान सरकारले मधेस आन्दोलनको बैठान र भूकम्पपीडितलाई दिनुपर्ने राहतजस्ता राष्ट्रियस्तरका मुद्दामा निस्क्रियता देखाउँदै सत्ताको छिनाझपटीमा मात्र समय बर्बाद गरिरहेको भन्दै उसले आफ्नो कार्यशैलीलाई तत्काल सुधार गर्न भने आवश्यक रहेको बताउनु भएको छ ।
आफ्नै पार्टीको महाधिवेशनमा व्यस्त रहेको कांग्रेसले यतिबेला सत्ता बनाउने र भत्काउने होडमा लाग्नु ठीक नभएको भन्दै तत्काल वर्तमान सरकारको विकल्प खोज्नु ठीक नहुने बरु सबै नेता तथा कार्यकर्ता आगामी फागुनमा सम्पन्न हुने महाधिवेशनको तयारीमा लाग्नुपर्ने पनि बताउनुभयो ।






