पूर्वका सुन्दरीहरु सडकमा

सुनसरी । पूर्वको केन्द्र इटहरी त्यसैपनि ब्यापारीक हिसावले ब्यस्त सहर हो । त्यसमा पनि बाक्लीएको जनमानसको उपस्थितीले शहर अस्तब्यस्त बन्ने गरेको देखीन्छ ।
तर, शुक्रवार भने इटहरीको मुख्य सडक क्षेत्रमा बेग्लै प्रकारको दृष्यले पैदल यात्री , सवारी चालक , मजदुर प्रहरी लगायत अन्य सरकारी कर्मचारीहरु पनि एक छिन छक्क परे । 2222
पूर्वका सुन्दरीहरु जो अरुवेला स्थानीय देखी राष्ट्रिय स्तरका टेलिभिजनहरुको स्क्रिनमा देखिन्थे । तर, शुक्रबार भने उनीहरु एकाएक इटहरीमा सिठि फुक्दै पैदल यात्रीहरुलाई बाटो काट्ने तरीका सिकाइरहेका भेटिएपछि छक्क नपर्ने त कुरै भएन ।
पूर्व क्षेत्रमा बढदो सवारी दुर्घटना न्युनिकरण र स्थानीयहरुलाई ट्राफिक जनचेतना जगाउने उद्येश्यमा ति किशोरीहरुलाई शुक्रवार पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले परिचालन गरेको थियो । सिल्भर इन्टरटेनमेण्टले सञ्चालन गरेको मिश पूर्वाञ्चल सुन्दरी प्रतियोगितामा सहभागि भएका किशोरीहरुलाई ट्राफिक सचेतना सम्वन्धि केही क्षण ज्ञान आर्जन गराई सडकमा ल्याइएको थियो ।

आउदो चैत्र महिनाको २० गते हुने मिस पूर्वाञ्चलको फाइनल अडिसनको सन्दर्भमा सहभागी मध्ये अन्तिम चरणका लागि छनौटमा परेका १४ जना किशोरीहरुलाई पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा राखी १ घण्टा प्रशिक्षण दिएर सडकमा ल्याइएको पूर्वाञ्चलका ट्राफिक प्रहरी प्रमुख एसपी नरबहादुर केशीले बताए ।

ट्राफिक सचेतना सम्वन्धि ज्ञान पाएका किशोरीहरुले हातमा बिभिन्न प्रकारको प्लेकार्ड लिएर इटहरीको मुख्य सडकको चौरास्तमा फिजिएर स्थानीय बटुवाहरुलाई जेब्राक्रसबाट मात्र सडक काटन अनुरोध गरेका थिए ।
त्यस्तै मोटरसाइकलमा तिन जना सवार भएकाहरुलाई दुर्घटना सम्बन्धि बिभिन्न ज्ञानका कुराहरु सिकाएका थिए ।