काठमाडौँ, ३० भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनको स्थलगत अनुमगन गर्ने भएको छ ।
प्रमुख आयुक्त डा यादवले शुक्रबारदेखि निर्वाचनको दिनसम्म बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा र सिराहाको स्थलगत अनुगमन गर्ने आयोगले जनाएको छ ।
सो क्रममा उहाँले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग छलफल तथा भेटघाट गर्ने आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । रासस






