लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतको उपाध्यक्षमा कोपिला सुब्बाले उम्मेदवारी दिने भएकी छन् ।
जनसम्पर्क समिति बेलायतको सहमहामन्त्रीसम्म भएकी कोपिलाले संस्थागत सुधारका एजेन्डासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
ताप्लेजुङ निवासी सुब्बाले सप्तरीको राजविराजबाट नेविसंघको राजनीति सुरु गरेकी थिइन् । सन् २००७ बाट नेपाली जनसम्पर्क समितिको सदस्य र महामन्त्री भइसकेकी सुब्बाले आफू उपाध्यक्षमा निर्वाचित भए आफ्नो सिप र क्षमता देखाएर छाड्ने प्रतिबद्धता जनाएकी छन् ।
मुलुकको अर्थतन्त्र र सामाजिक स्थायित्व राजनीतिबाट मात्रै सम्भव रहेको बताउँदै कोपिलाले आफ्नो उम्मेदवारीबाट लन्डन नेपाल न्यूज डट कमसँग भनिन्– ‘लोकतान्त्रिक मुल्य मान्यता आत्मसात गर्दै अघि बढ्नेछु ।’
नेपाली जनसम्पर्क समिति यूकेको अधिवेशनकालागि कांग्रेस नेता सुरेन्द्रराज पाण्डे बेलायत आएका छन् ।जनसम्पर्क समिति यूकेको चौथो अधिवेशन सेप्टेम्बर १६ तारिख शनिबार पश्चिम लन्डनको इम्पेरियल कन्फ्रेन्स हलमा हुँदैछ ।






