काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको
पूर्ण बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माग गरेका छन् ।
पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा दुई दिनदेखि बसुन्धराको दियालो फुडल्यान्डमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले वर्तमान सरकारको कार्यशैलीको आलोचना गरेका थिए ।
बैठकमा बोल्ने सदस्यले लामो समयदेखि गुट–उपगुट रहेको पार्टीमा मेलमिलापको वातावरण र विवाद मिलेकोमा स्वागत गरेका थिए । बैठकमा पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य गरी १०३ जनाको सहभागिता छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा बारेमा छलफल भएको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।






