गृहमन्त्रीलाई विप्लवको चेतावनी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीका गतिविधि रोक्न सरकार लागिपरेको भन्दै राज्यको यस्तो रवैयाविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् । महासचिव विप्लवले शुक्रबार बिज्ञप्ति जारी गर्दै केही समयदेखि राज्यले नेकपा माओवादीविरुद्ध धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको पनि बताएका छन् ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार मन्त्रिपरिषदमा गृहमन्त्रीले हाम्रो पार्टीबाट राज्यलाई चुनौंती भएको भन्दै पार्टीका गतिविधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको समचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । ’

त्यस्तै महासचिव चन्दले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, जनताको अधिकार, जनताको सुविधाको पक्षमा अग्रभागमा बसेर काम गरिरहेको छ भन्दै भ्रष्टाचार, तस्करी, महङ्गी, कालोबजारी, अराजकताविरुद्ध संघर्ष गरिरहेको जनाएका छन् ।