काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने चेतावनी दिएका छन् ।
सरकारको औचित्य समाप्त भएको दाबी गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई पनि पार्टीले छिट्टै नै फिर्ता बोलाउने सम्भावना रहेको बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले वर्तमान सरकारमा आफू सहभागी नहुने स्पष्ट पारे ।
दाहालको नेतृ्त्वमा ६ महिनाअघि गठन भएको वर्तमान सरकारले संविधान कार्यान्वयनमा एक पाइला पनि अघि नबढेको, मधेसवादी दलहरुले उठाएका मागहरु पूरा गर्न नसकेको र निर्वाचनको वातावरण पनि बनाउन नसकेकाले सरकारको औचित्य समाप्त भएको उनको दाबी थियो ।
थापाले सरकारले निर्वाचन तयारी गर्न निर्वाचन आयोगलाई लेखेको पत्र सकारात्मक भए पनि यो अपूरो र विरोधाभासपूर्ण रहेको बताए ।






