एनआरएनए यूके विशेष साधारणसभाले महेन्द्र कँडेललाई अध्यक्षमा घोषणा कार्यक्रमस्थलमा छिरे प्रहरी

शिब भण्डारी, लण्डन

विवादको भुँवरीमा पर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिबार भएको विशेष साधारणसभाले महेन्द्र कँडेललाई अध्यक्षमा घोषणा गरेको छ । एनआरएनए आइसिसीका महासचिव कुमार पन्तले एनआरएनए आइसिसीको निर्णय र आइसिसीले गठन गरेको छानविन समितिको सुझावअनुसार आजदेखि महेन्द्र कँडेल एनआरएनए युकेको अध्यक्ष कायम रहेको घोषणा गरे । आइसिसीले योगेन्द्र क्षेत्रीको कार्यसमितिलाई नेतृत्व हस्तान्तरणका लागि विशेष साधारणसभा डाक्न लगाए पनि सौहार्द्धपूर्ण वातावरणमा नेतृत्व हस्तान्तरण भने हुन सकेन । नयाँ नेतृत्वलाई बधाई दिन मञ्चमा बोलाइएका महासचिव पन्तलाई क्षेत्री पक्षधरहरुले घेराबन्दी, होहल्ला र माइक खोसेर सम्बोधन गर्न अवरोध गरेका थिए । कार्यक्रम चल्दाचल्दै यसअघि पनि सोही समूहले पटकपटक माइक खोस्ने, होहल्ला गर्ने गरेको थियो । NRN PIC
महासचिव पन्तलाई सम्बोधन गर्नबाट यसरी रोकिएको थियो,

अल्डरसट । वर्ष दिन बढिको तिक्तता र विवाद छिचोल्ने अपेक्षा गरिएको एनआरएनए यूकेको विशेष साधारणसभा शुरु भएको छ । अल्डरसटस्थित कन्नट स्कुलमा जारी साधारणसभाको उद्घाटन सत्रमा एनआरएनए अगुवाहरुले एकतामा जोड दिंदै विगत बिर्सेर एनआरएनको गरिमा बचाइ राख्न जोड दिएका छन् । आपसी तिक्तता र विवादले समाज विभाजित हुनेमा वक्ताहरुले चिन्ता व्यक्त गरे ।
उद्घाटन सत्रमा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथी एनआरएनए आइसीसी महासचिव कुमार पन्त, विशेष अतिथी एनआरएनए युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, आइसीसी संरक्षक क्या. रि. हितमान गुरुंग, एनआरएनए यूके संरक्षक डमर घले, संरक्षक सूर्य गुरुंग, आइसीसी सल्लाहकारहरु हेमराज शर्मा, विश्व आदर्श पण्डित, एनआरएनए यूके आइसीसी सदस्य थर्क सेन, आदिवासी जनजाति महासंघ, बेलायत अध्यक्ष श्री लिम्बु, दूतावासका मिलिट्री अट्याची प्रदीपजंग केसी, नयां नेतृत्व ग्रहण गर्न लागेका महेन्द्र कंडेल लगायतले शुभकामना मन्तव्य दिए भने कोषाध्यक्ष दासुराम पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा सञ्चारकर्मीहरु, संस्थाका सदस्यहरु र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।
पर्यो