श्रीलंका विजयी

विश्वकप क्रिकेटमा अफ्गानिस्तानले श्रीलंकासँग हार बेहोरेको छ । श्रीलंकाले आफ्गानिस्तानलाई ४ विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको आफ्गानिस्तानले दिएको २ सय ३३ रनको लक्ष्य श्रीलंकाले ४८ दशमलब २ ओभरमा ६ विकेटको क्षतिमा २ सय ३६ रन बनाउदै जितेको हो । यसअघि न्यूजिल्याण्डको डुनेडिन मैदानमा ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । उसका लागि अस्गरले सर्बाधिक ५४ रन बनाउनु भयो । समिउल्लाह सेनवारीले ३८, मिरवाइस अशरफले २८, जावेद हमादीले २४ र मोहमद नावीले २१ रन बनाए । लासिथ मालिङ्गा र एन्गेला म्याथुजले समान ३–३ विकेट लिए । सुरङ्गा लकमलले २ तथा रंगना हेरथ र थिसरा परेराले समान १–१ विकेट लिए ।