चार सभासद चट

अफ्रिकी देश सोमालियाको राजधानी मोदादिशुको एक होटलमा बम विष्फोट हुँदा चार सांसद सहित २० जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार सेन्ट्रल होटलमा दुई वटा ठूला विष्फोट भएका थिए । त्यसपछि गोली चलाइएको थियो । सो होटलमा मन्त्री र सांसदहरु थिए । तिनैहरुलाई लक्षित गरी बम विष्फोट गराइएको हुनसक्ने अनुमान छ । आक्रमणकारीले होटल परिसरमा रहेको मस्जिदमा पनि आक्रमण गरेका छन् । आक्रमणकोबेला मस्जिदमा नमाज चलिरहेको थियो । आक्रमणको जिम्मा विद्रोही लडाकु समुह अल शबाबले लिएको छ ।