लण्डन उत्रिए अध्यक्ष घले

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले ३ दिने बेलायत भ्रमणको शिलशिलामा लण्डन आइपुगेका छन् ।

श्रीमति जमुना गुरुंगसगै आएका अध्यक्ष घले आइतबार बिहान ग्याटविक विमानस्थलमा उत्रिएका थिए ।

घलेको स्वागतका लागि एनआरएन यूके अध्यक्ष मुछेत्र गुरुंग, आईसिसी सल्लाहकार विश्वआदर्श पण्डित, आईसिसी सदस्यहरु संगिता मरहट्ठा, योगेन क्षेत्री, जयप्रकाश गुरुंग,  एनआरएन यूकेकी उपाध्यक्ष कुमारी गुरुंग,प्रवक्ता खुशी लिम्बू, महिला संयोजक शुसिला राई, सल्लाहकार कल्पना आंगबुहांग, हितकाजी गुरुंग लगायत विमानस्थल पुगेका थिए ।

घले एनआरएन यूकेको आयोजनामा सोमबार सांझ अल्डरसटमा हुने बिषेश कार्यक्रममा सहभागी हुने भएका छन् ।
नेपालमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि आवश्यक कोष संकलन गर्ने उदेश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा यूरोपस्थित बिभिन्न देशका प्रतिनिधीले समेत भाग लिने भएका छन् ।

रकम संकलनका लागि एनआरएन यूकेको वर्तमान कार्यसमिति अहिले युद्धस्तरमा लागि परेको छ । नेपालमा एनआरएनको आफनै भवन निर्माणको यो अभियानमा सक्दो सहयोग गर्न बेलायतबासी सबै नेपालीमा अपील गरिएको छ ।