यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा ध्रुव केसी निर्विरोध

शिव भण्डारी

लन्डन । यती नेपाली एसोसिएसन यूकेको अध्यक्षमा धुर्ब केशी निर्विरोध भएका छन् ।

आइतबार लण्डनमा सम्पन्न संस्थाको २८ औं अधिवेसनले केसीको अध्यक्षतामा नयाँ कार्यसमितिलाई सर्वसम्मतिमा चयन गरेको हो । समितिमा वरिष्ठ उपाध्यक्ष बाचस्पति रेग्मी, उपाध्यक्ष जीवन सेन, महासचिव डा मुकुन्द बास्तोला , कोषाध्यक्ष देव गुरुङ र सहमहासचिव कृष्ण पौडेल निर्वाचित भएका छन् । त्यस्तै, सामाजिक सचिव जित रानाभाट, सांस्कृतिक सचिव माया केसी, प्रकाशन सचिव काशीराज बोहोरा र सदस्यमा तिलक भट्टराई चुनिए । रिक्त अरु ६ सदस्यमा कसैको उम्मेद्वारी नपरेका कारण पछि थपिने बताइएको छ ।

निर्वाचन समितिका संयोजक आरके त्रिपाठीले सर्वसम्मत नयाँ कार्यसमितिको घोषणा गरेका थिए । निर्वाचन समितिमा यतीका पूर्व अध्यक्ष उमेशराज मोक्तान र क्या रत्न श्रेष्ठ सदस्य थिए ।

अध्यक्ष निर्वाचित केसी बेलायतको नेपाली समुदायका एक अग्रज समाजसेवी तथा व्यवसायी हुन् । उनले सन् १९८२ देखि यतीको सामाजिक सचिव, कोषाध्यक्ष, ७ वर्ष महासचिव र ५ वर्ष उपाध्यक्ष भएर काम गरिसकेका छन् । सन् १९७४ मा लन्डन आएका केसीले २१ वर्ष नेपाल पर्यटन बोर्डको यूके दूतको जिम्मेवारी सम्हालेका थिए भने उनी नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष पनि हुन् । ब्रिटेन नेपाल टुरिजम अर्गनाइजेसन यूकेका संस्थापक अध्यक्ष र किङडम इन हिमालय म्यागेजिनको प्रकाशक पनि थिए केसी ।

यसअघि निवर्तमान कार्यसमितिका कार्यवाहक अध्यक्ष शशीधर नेपालको अध्यक्षतामा सम्पन्न अधिवेसनमा महासचिव बाचास्पती रेग्मी र कोषाध्यक्ष जीवन सेनले आफ्नो वार्षिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । अधिवेसनमा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि डा राघव धिताल, पूर्व अध्यक्ष उमेशराज मोक्तान,मदन थापा, हरि केसी, सोलिसिटर राजु थापा, लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनले तीन संरक्षक र ११ जना सल्लाहकार राख्ने व्यवस्था र अध्यक्षमा उठ्न एक कार्यकाल काम गरेको हुनुपर्ने विधान संशोधन गरेको छ। 

 

यस अघि कार्यसमीतीको बैठकबाट एसोसीयसनको २९ औ नयाँ नेतृत्व चयनका लागि एनआरएनए यूकेका महासचिव आर के त्रिपाठीको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *