हेम गुरुङ ,अल्डरशट ।
हरेक वर्ष झैँ गोर्खाली समाज युकेले गर्दै आएको बार्षिक भेटघाट अर्थात् समर बारबीक्यू यसपाली नौलो, विशिष्ट स्वादको र ऐतिहासिक हुने भएको छ । बार्बिक्यु कार्यक्रम आगामी २९ जुलाई आईतबारका दिन फानब्रोस्थित अोक फार्म कमुनिटी स्कुलको हल भित्र हुने जानकारी समाजका अध्यक्ष कर्ण दर्लामी मगरले बताए।
बेलायतकालागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुबेदीको प्रमुख अतिथ्यमा सम्पन्न हुन गईरहेको यो ऐतिहासिक गोर्खाली भेलामा बेलायत स्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरु जस्तै एनआरएन, तमुधीं युके, मगर संघ युके, लम्जुङ्ग समाज युके, चार भन्ज्यांङ् समाज युके लगायत अन्य विभिन्न संघ संस्थाहरुका विशिष्ट प्रतअतिथ्यमालाई यस अघि नै निमंत्रणा पठाई सकिएको जानकारी गोर्खाली समाज युकेका महासचिव असोक ढकालले दिए।
बार्षिक रुपमा भेला भएर मनोरंजन गर्दै सद्भभाव र सहकार्यको भावना तथा संस्थाको भावी कार्ययोजनाका लागि भेटघाट महत्वपूर्ण हुने भएको भन्दै बेलायतवासी सम्पूर्ण गोर्खाली समुदायहरु लगायत बिशेष गरी पराईघर गएका तथा पहिले पहिलेको सालमा आउन छुटेका गोर्खाली चेलीबेटी तथा ज्वाईंचेला कुटुम्ब एबं भान्जाभान्जीहरु सम्पूर्णको ब्यापक उपस्थितिकालागि समाजका नबनिर्वाचित उपाध्यक्ष तथा कार्यक्रम संयोजक हेम गुरुङले अनुरोध गरेका छन्।







