सुनसरी– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केहि ठालुहरुले भनेका भरमा सिमाङ्कन हेरफेर नहुने दाबी गरेका छन् ।
प्रेस चौतरी नेपाल सुनसरीले मंगलबार विहान इटहरीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले को कहाँ बस्ने हो त्यो अधिकार त्यहिका जनतालाई भएको बताए । उनले सर्लाही र वीरगन्जतिरका केहि राजनीतिक ठालुले भनेको भरमा कुन क्षेत्रलाई कुन प्रदेशमा सार्ने काम नहुने दाबी गरे । ‘सिमाङ्कन बद्लिनै नसक्ने हैन । अभ्यास, अनुभव र औचित्यका आधारमा बदल्न सकिन्छ । तर केहि ठालुहरुले भन्दैमा बद्लिदैन,’ उनले भने ।
महासचिव पोखरेलले देशको स्वाभिमान बचाउन आत्मनिर्भर हुनुपर्ने बताए । नारालेमात्र स्वाभिमान नबच्ने भन्दै आत्मनिर्भर हुनुपर्ने बता । नीति, योजना, कार्यक्रम र आचरणमा आत्मनिर्भर हुनुपर्ने उनको भनाइ छ ।






