औषधि ढुवानीमा मोर्चाको फुकुवा, बिहान शैक्षिक संस्था खोल्न दिइने

Morchaकाठमाडौं– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधि ढुवानी फुकुवा गरेको छ ।

बिरामीको स्वास्थ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरणलाई दिनको समयमा मात्र विराटनगर सीमानाकाबाट ल्याउन दिने निर्णय पनि गरेको छ ।

मोर्चाको बैठकले विद्यालय÷क्याम्पसलाई बिहानको समयमा कक्षा सञ्चालन गर्ने गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै विद्यालय र क्याम्पसको पठनपाठन सुचारु गर्ने निर्णय भएको अध्यक्ष सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

बैठकले सरकार र प्रतिपक्षी दल वार्ताप्रति गम्भीर नभएको भन्दै आन्दोलनलाई अझै प्रभावकारी बनाउन सीमानाका राजमार्ग अवरुद्ध, उद्योग कलकारखाना बन्द गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।