काठमाडौँ- नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसक्ने भएपछि शुक्रबार आन्तरिक उडान प्रभावित हुने भएको छ ।
नेपाल वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि शुक्रबारबाट आन्तरिक उडान प्रभावित हुने भएको हो । नेपाल वायु सेवा निगमले हवाई मार्गबाट भारतको कोलकत्ताबाट हवाई इन्धन ल्याइरहेको थियो ।
नेपाल आयल निगमले नेवानिलाई हवाई इन्धन आपूर्तिका लागि यसअघि नै रु १३ करोड अग्रिम भुक्तानी गरिसकेको छ । तर पूर्व प्रतिबद्धताअनुसार इन्धन नल्याएपछि आन्तरिक उडान बन्द हुने भएको हो ।
निगमले भारतको कोलकात्तामा दैनिक तीन उडान गरेर प्रतिउडान ३० टन इन्धन ल्याइरहेको थियो ।
नेपाल आयल निगम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख प्रदीप यादवले मौज्दात सकिएका कारण आन्तरिक उडान प्रभावित हुने भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगम बुद्ध, यति, सिम्रिक, तारालगायतका आन्तरिक सेवा प्रदायक कम्पनिले मुलुकका विभिन्न गन्तव्यमा उडान गर्दै आएका छन् ।
आन्तरिक उडानका लागि दैनिक एक लाख पचास हजार लिटर इन्धन आवश्यक पर्दछ । तर नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले भने इन्धन आयात हुन नसकेको स्वीकार गर्नुभयो ।
शुक्रबार आयात सञ्चालन हुने जानकारी दिँदै उहाँले निगमको इन्धन बोक्ने जहाज ७५७ ले काठमाडौँ–बैंङ्कक उडान गर्नुपर्ने भएकाले हवाई इन्धन आयात नसकिएको बताउनुभयो ।
एयरबसका चालक दलका सदस्य (क्रु) तालिमका लागि गएका र इन्धन बोक्ने जहाज यात्रु बोक्न प्रयोग भएकाले समस्या भएको उहाँले स्पष्ट पार्नुभयो । रासस






