लन्डन– यूके भिसा तथा अध्यागमनसम्बन्धि नयाँ नियम लागू भएसँगै बेलायतमा बसोबासलाई अझै कडाई गरिएको छ ।
१९ नोभेम्बर, २०१५ देखि लागू हुने गरि नयाँ नियम लगाइएको छ । स्थायी बसोबास आवेदन दिन पनि सेक्योर इंग्लिस ल्याङ्वेज टेस्ट (एसईएलटी) उत्तीर्णलाई मात्रै मान्यता दिइने भएको छ ।
आवेदकले अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम छ । भाषा परीक्षा बोल्ने र सुन्नेमा आधारित हुनेछन् ।






