अमेरिकाका घरबार बिहीनलाई नेपाली संस्थाले भोजन गरायो

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २००८  मा नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल अन्तराष्ट्रियले अमेरिकाको थांक्स गिभिंगमा घरबार बिहिन लगभग ५५०  मानिसहरुलाई रात्री भोजन गराएको छ । 

संस्थाले प्रत्येक ३ महिनाको अन्तरमा घरबार बिहीन मानिसहरुलाइ खाना खुवाउने कार्यक्रम गर्दै आएको छ । यसैक्रममा यसपटक भने थ्यांक्स गिभिङको अवसर पारेर गरिब तथा घरबार बिहीनलाइ भोजनको व्यवस्था गरिएको हो । बिश्व कै धनि राष्ट्र अमेरिकामा पनि प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने रहेकोले संस्थाले उनीहरुलाई भोजन गराउन लागेको संस्थाका संस्थापक अध्यक्ष देवी आचार्यले बताए । संस्थाले उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको बताइएको छ ।