नेपालमा आज सोनाम ल्होसार मनाइँदै

लन्डन । नेपालमा आज तामाङ समुदायले धुमधामसँग सोनाम ल्होसार तथा नयाँ वर्ष पर्व मनाइँदैछ । माघ शुक्ल प्रतिपदाका दिन मनाउने यो पर्व आज विविध कार्यक्रका साथ मनाइँदै छ ।  मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।