परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी स्वरुप नयाँ दिल्ली पुगेका महत र स्वाराजबीच सोमबार दिउँसो भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयले दुईजनाको भेटलाई ‘महत्वपूर्ण भ्रमणको आधार तय गर्न छलफल’ भनेर बताएको छ ।
महत आइतबार नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।