इजरायली चलचित्र महोत्सवमा ‘गोर्खाज डटर इन इजरायल’

gorkasकाठमाडौँ, ३१ जेठ । दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार ९ र १० गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।

इजरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।

प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ ९खालीपन भर०, ‘ब्यान्डस् भिजिट’ (ब्यान्डको भ्रमण) ‘फरेन सिस्टर’ ९विदेशी चेली० र ‘द डिस्ट्यान्स्’ ९दूरी० तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ ९डल्फिन केटो० र ‘गोर्खाज डटर इन इजरायल’ (इजरायलमा गोर्खालीकी छोरी) छन् ।

इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताउनुभयो ।

भर्खरै सम्पन्न मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन आउनुभएका उहाँले ‘छाया’, ‘कालो पोथी’लगायत केही चलचित्र हेरेको बताउँदै यहाँको विविधतायुक्त समाजबाट आफू प्रभावित भएको बताउनुभयो ।