काठमाडौँ । रुसले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको मूल्य तोकेको छ ।
रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक–भि नाम गरेको कोरोना खोपको दुई डोजको मूल्य १ हजार ९ सय ४२ रुबल अर्थात नेपाली करिब ३ हजार ९१ रुपैयाँ निर्धारण गरेको हो ।
रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको खोप निर्माण गरेको थियो ।
रुसले यस खोपलाई गत अगष्ट १२ मा मान्यता दिएर लगाउने काम पनि शुरु गरिसकेको छ ।
खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको वैज्ञानिकले बताएका छन् ।






